नेपालबारे सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी गर्ने क्यानडेली नागरिक पक्राउ
काठमाडौँ - नेपालका विषयमा सामाजिक सञ्जालमार्फत अनावश्यक टिप्पणी गर्ने एक क्यानडेली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
रोबर्ट पेन्नर नामका ती क्यानडेलीलाई अध्यागमन विभागको अनुरोधमा ललितपुरबाट प्रहरीले पक्राउ गरेको हो ।
विभागका महानिर्देशक केदार न्यौपानले क्यानडेली नागरिक पेन्नरले सामाजिक सञ्जालमार्फत नेपालको सामाजिक सद्भाव भड्काउने गरी टिप्पणी गर्दै आएको उजुरीका आधारमा छानबिनका लागि पक्राउ गरिएको जानकारी दिए।
उनी भिन्नाभिन्नै प्रवेशाज्ञाका नाममा विगत तीन÷चार वर्षदेखि नेपालमा बस्दै आएका थिए । हाल कामदार प्रवेशाज्ञामा बस्दै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनले मधेस आन्दोलनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीका विषयमा समेत सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्दै आएका थिए ।
कामदार प्रवेशाज्ञामा आएको व्यक्तिले सोहीअनुरुप काम गर्नुको साटो सम्बन्धित देशको राजनीतिक विषयमा टिप्पणी गर्नु अध्यागमन कानुनविपरीत मानिन्छ ।
I repeatedly asked Nepal Police to tell me under what charges they're taking me but they won't say.
— Robert Penner (@robpenner) May 2, 2016
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा बढेको पानीको सतहले डुबायो ‘तालघर’, नयाँ दृश्य हेर्न पर्यटकको भीड
-
चालु आर्थिक वर्षको अन्तिम दिन : लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन, गत वर्षभन्दा सुधार
-
फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'
-
भेनेजुएलाका विपक्षी नेतृको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
-
रौतहटका उखु किसान आन्दोलनमा
-
साना पार्टीभित्र ठुला विवाद, कसको अवस्था कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण