उपभोक्ताले मागेजति इन्धन आयल निगमलाई निर्देशन
सोमबार, २० वैशाख २०७३, २० : ५१
काठमाडौँ - आपूर्ति मन्त्रालयले सर्वसाधारण उपभोक्ता र ठूला आयोजनालाई माग भए जति इन्धन उपलब्ध गराउन नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।
आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकृत तथा निगमका कार्यकारी निर्देशक सहितको उपस्थितिमा आज मन्त्रालयमा भएको छलफलमा निगमलाई त्यस्तो निर्देशन दिइएको हो । बैठकले पम्पको माग अनुसारै पेट्रोलियम पदार्थ बजारमा पठाइएकाले अनावश्यक हल्लाको पछाडि नलागी आवश्यकभन्दा बढी सञ्चय नगर्न उपभोक्तालाई अनुरोध गरेको छ ।
खाना पकाउने ग्यासको आयात अघिल्लो महिनाभन्दा परिमाणात्मक रुपमा वृद्धि हुँदै गएकाले वितरण प्रणाली थप प्रभावकारी बनाउन र निगमको नियन्त्रण कक्षलाई अझै सक्रिय बनाउन मन्त्रालय, आपूर्ति व्यवस्था विभाग, निगम र उपभोक्ता हित संरक्षण मञ्चले थप अनुगमन गर्न बैठकले आग्रह गरेको छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार
-
फेवातालमा बढेको पानीको सतहले डुबायो ‘तालघर’, नयाँ दृश्य हेर्न पर्यटकको भीड
-
चालु आर्थिक वर्षको अन्तिम दिन : लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन, गत वर्षभन्दा सुधार
-
फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'
-
भेनेजुएलाका विपक्षी नेतृको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
-
रौतहटका उखु किसान आन्दोलनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण