तुल्सीपुरमा नवजात शिशुको शव फेला
मङ्गलबार, २१ वैशाख २०७३, ०८ : २२
दाङ–तुल्सीपुरमा एक नवजात शिशुको शव भेटिएको छ । तुल्सीपुर नगरपालिका वडा नम्बर ५ प्रगतिशिल टोलको पातुखोला नजिकै शव भेटिएको प्रहरीले जनाएको छ ।
हात र खुट्टा झिला–झिला भएको अवस्थामा शव भेटिएको ईलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ । अवैध गर्भपतन हो या जन्मिँदा नै मृत्यु भएको हो यसबारे अनुसन्धान भैरहेको छ, डिएसपी कृष्ण प्रसाईले भने । दुई÷तीन अघि कसैले फालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यसअघि पनि त्यस क्षेत्रमा नवजात शिशुको शव भेटिएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण