‘सिभिल ७३ दिने मुद्दती पत्र’मा ६.२०% ब्याज प्रदान गरिने
काठमाडौं – सिभिल बैंक लिमिटेडले नव वर्ष २०७३ को शुभ उपलक्ष्यमा आफ्नो ग्राहकहरुलाई “सिभिल ७३ दिने मुद्दती पत्र” नयाँ निक्षेप योजना ल्याएको छ । केवल ७३ दिनको यस मुद्दती खातामा ६.२०% को आकर्षक बार्षिक ब्याजदर प्रदान गरिनेछ भने न्यूनतम रु ५ लाखमा खोल्न सकिने छ । अहिलकोे वर्तमान अवस्थामा निक्षेपमा प्रदान गरिने न्यून ब्याजदरको तुलनामा आकर्षक ब्याज प्रदान गरिने यस नयाँ योजना ग्राहकहरुलाई नव वर्ष २०७३ को सौगात हो र यस योजनाबाट ग्राहकहरु लाभान्वित हुने कुरा बैैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा÷योजनाहरु प्रदान गर्दै जाने बताएको छ । यस बैंकको हालको चुक्ता पूँजी रु. ३ अरब १० करोड, निक्षेप रु. २९ अरब २० करोड, कर्जा रु. २५ अरब २० करोड र कूल सम्पत्ति रु. ३३ अरब ३७ करोड रहेकोछ भने शाखा संख्या ४२ रहेको छ । यस बैंकले इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कं लिमिटेडसंग एक आपसमा गाभ्ने सम्बन्धमा प्रारम्भिक सम्झौता गरिसकेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण