बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

भाडामा बस्नेहरुको अभिलेख राख्दै प्रहरी

मङ्गलबार, २१ वैशाख २०७३, १३ : २१
मङ्गलबार, २१ वैशाख २०७३

इटहरी–समाजमा हुने अपराधिक घटना न्यूनिकरण गर्ने उद्देश्यले इटहरीका टोल टोलमा अन्तकृया अभियान शुरु गरिएको छ । समाजमा हुने चोरी, गुण्डागर्दी, लागुऔषध कारोबार तथा अन्य जघन्य अपराध नियन्त्रण गरी इटहरीलाई सुरक्षित र विकृति रहित बनाउन इलाका प्रहरी कार्यालय इटहरीको पहलमा अन्तकृया अभियान शुरु गरिएको हो । इटहरी उपमहानगरपालिका क्षेत्रका टोल बिकास समितिको उपस्थितिमा प्रहरीले सचेतना मुलक अन्तरकृया गर्ने छ । समाजको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा नागरिक स्तरबाट प्रहरीलाई सहयोग गर्नु पर्ने भन्दै इटहरी क्षेत्रका टोल टोलमा प्रहरीको टोली पुगि अन्तरकृयामा व्यस्त देखिन्छन । जसमा इटहरी प्रहरीले भाडामा बस्नेहरुको अभिलेख राख्ने कामको पनि शुरुवात गरेको छ । इटहरीका टोल टोलमा पुगि भाडामा बस्नेहरुको फोटो, नागरिक्ता तथा परिवारका सदस्यको अभिलेख राख्न शुरु गरेको हो । इटहरीको २ स्थित शान्तिनगर टोल विकासमा भाडामा बस्नेहरुको सबैको अभिलेख राख्ने कार्य सम्पन्न भएको छ । दोस्रो अभियान अन्तर्गत इटहरी ५ स्थित जनताबस्तीमा शुरु गरिएको छ । पहिलो चरणमा जनताबस्तीका २४ वटा टोल बिकास समितिका पदाधिकारीसँग अन्तकृया गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम प्रसाद अधिकारी र प्रहरी निरीक्षक राजन कार्कीको टोलीले जनताबस्तीका राजनितिक दल, समाजसेवी, स्थानिय एवम बिद्यालयका पदाधिकारीसँग अन्तकृया गरेका हुन । अन्तकृयामा जनताबस्तीमा बिगत लामो समय देखी देखिएको बिकृती तथा अपराधिक घटनालाई नियन्त्रण गर्न प्रहरी र टोल बिकास एकसाथ लाग्नु पर्ने बताइएको छ । इटहरी क्षेत्रमा जनताबस्तीलाई हेर्ने सोच परिवर्तन गर्न स्थानिय तबरबाट नै सकरात्मक कामको सुरुवात गदै जानु पर्ने बताइएको थियो । टोल विकासका पदाधिकारीले जनताबस्तीमा हुने अपराधिक तथा बिकृतिलाई अन्तत्य गर्न सबै घर परिवारका सदस्यले जिम्बेबारी पूर्वक लाग्नु पर्ने बताइएको छ । प्रत्येक अबिभावकले आफना छोरा छोरीलाई बिकृतिबाट टाढा राख्नु पर्ने कुरामा समेत जोड दिइएको थियो । साथै जनताबस्तीमा अस्थाई रुपमा रहेको प्रहरी चौकीलाई थाई बनाउनु पर्ने स्थानिय सुशिल बराईलीले डिएसपी अधिकारी समक्ष आग्रह गरे ।

जनताबस्तीमा अन्य क्षेत्र भन्दा बढी अपराधिक कृयाकलप हुने गरेको बताउदै अब यस क्षेत्रमा कुनै पनि त्यस्ता कार्य हुन र गर्न नदिन सचेत बन्नु पर्ने ज्योति माबिका प्रअ भैरव सापकोटाले बताए । साथै जनताबस्तीमा बाहिर देखी आएर बसेका भाडावालको पनि अभिलेख राख्नु पर्ने सापकोटाले बताए । यता इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम प्रसाद अधिकारीले समाजको अपराध नियन्त्रणमा सबैको सहकार्यले मात्र संम्भव हुने बताए । जनताबस्तीमा देखिएको अपराधिक कृयाकलाप तथा बिकृतीलाई अन्तत्य गर्न प्रहरीले भोलीका दिनमा युवाहरुलाई नै प्रयोग गरि सचेतना मुलक तथा प्रोत्सहान हुने कार्यमा ल्याउने अधिकारीले बताए । साथै जनताबस्तीलाई नाम परिवर्तन गरि नमुना टोल बनाउनु पर्नेमा डिएसपीले जोड दिएका थिए । अस्थाई रुपमा रहेको चौकीलाई थाई बनाउन आफुले सक्दो पहल गर्ने समेत इटहरीका डिएसपी अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप