बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

६ र ७ कक्षाको किताव माग्दै क्रान्तिकारी पुग्यो जनक शिक्षा सामाग्री केन्द्र

मङ्गलबार, २१ वैशाख २०७३, १३ : ४४
मङ्गलबार, २१ वैशाख २०७३
काठमाडौं, बैशाख २१ –एमाओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रवन्ध सञ्चालक अनिलकुमार झालाई आज एक ज्ञापनपत्र बुझाएको छ । सो अवसरमा क्रान्तिकारीले कक्षा ६ र ७ मा कुनै पनि पाठ्यपुस्तक उपलब्ध नगराइएको र अन्य कक्षाको पनि पुरै सेट उपलब्ध नभएकाले तत्काल किताव उपलब्ध गराउन झाको ध्यानाकर्षण गराएको प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । त्यसैगरी अन्तर्राष्ट्रिय प्रचलन अनुसार वालवालिका मैत्री रङ्गिन पाठ्यपुस्तक छपाई गरिनुपर्ने सम्वन्धमा पनि झाको ध्यानाकर्षण गराइएको उनले बताए । ज्ञापनपत्र बुझ्दै झाले भुकम्प,नाकावन्दी र वजेट अभावका कारणले समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको स्विकार्दै कक्षा ६ र ७ को किताव वैशाख भित्रै र अन्य पनि चांडै उपलब्ध गराउने बताए । त्यसैगरी मन्त्रालयले निर्णय गरि वजेट दिएमा रङिन पाठ्यपुस्तक छपाउन पनि आफूहरु तयार रहेको झाले वताए। ज्ञापनपत्र संगठनका अध्यक्ष रमेश मल्लले बुझाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप