बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

घुसको आस, अख्तियारको त्राश

बुधबार, २२ वैशाख २०७३, ०७ : १४
बुधबार, २२ वैशाख २०७३

डोटी–आर्थिक बर्षको अन्ततर्फ पुग्नै लाग्दा विकासे अड्डाका कर्मचारी घुसको आस र अख्तियारको त्राश दुवै ब्याप्त देखिएका छन । उपभोक्ता समितिका पदाधिकारीसँग सिधै घुस माग्दा अख्तियारले समात्ने डरले उनीहरुले घुमाउरो भाषा प्रयोग गर्दै आर्थिक माग्ने गर्छन् । यदी त्यस्तो भाषा नबुझेमा काममा ढिलासुस्ती गेरेर हैरान गर्छन । घुस माग्न र काम गर्न दुवै अफ्ठयारो मान्छन कर्मचारीहरु ।

जिल्ला विकास समिति डोटीका कर्मचारीको कार्यशैली र व्यवहार हेर्दा घुसको आस पनि छ भने अख्तियारले समात्छ भन्ने त्राश पनि देखिन्छ ।

बिहिबार डोटीका स्थानीय विकास अधिकारीले कार्यालयमा आएका चवराचौतारा गाविस– खानेपानीका अध्यक्ष चक्रबहादुर कुडमाललाई स्थानीय विकास अधिकारी बासुदेव रेग्मीले त्यस्तै घुमाउरो भाषा प्रयोग गरे । दश दिनसम्म कार्यालयमा धाउँदा समेत काम नबनेपछि स्थानीय विकास अधिकारीको कार्यकक्षमा पुग्दा कुडमाललाई घुमाउरो शैलीमा स्थानीय विकास अधिकारी रेग्मीले ‘गाई दुहुन आउने, घाँस नहाल्ने’ बताएको अध्यक्ष कुडमालले जानकारी दिए । स्थानीय विकास अधिकारीले घुमारो भाषा प्रयोग गरेर कमिसन मागेको तर आफु दिन तत्पर नभएपछि आफ्नो काम नभएको केसीको आरोप छ ।

कसैसँग पनि आफुले घुस नमागेको स्थानीय विकास अधिकारीले बताए । रेग्मीले भने, ‘मैले भनेको भए कुनै प्रमाण पेश गर्नुहोस, त्यसो भनेको छैन् कर्मचारी भन्दैमा जे पायो त्यही आरोप लगाउन मिल्छ भन्ने मान्यता राख्ने हो भने मेरो भन्नु केही छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप