बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

मृतक परिवार र अनाथ बालबालिका प्रवासी समाजको सहयोग

बुधबार, २२ वैशाख २०७३, ०८ : ०७
बुधबार, २२ वैशाख २०७३

उदयपुर – उदयपुर प्रवासी सेवा समाज कतारले विदेशमा मृत्यु भएका परिवार र अनाथ आश्रममा अध्यनरत बालबालिकालाई शैक्षिक सामाग्रीसहित आर्थिक सहयोग प्रदान गरेको छ ।

जिल्लाको बेल्टार बसाहा नगरपालिकास्थित दर्शन अनाथ बाल आश्रममा रहेको बालबालिकालाई शैक्षिक सामाग्रीसहित आवश्यक लत्ताकपडा र खाद्यान्न प्रदान गरेको हो ।

कतारमा कार्यरत उदयपुरेहरुले अनाथ वाल आश्रमलाइ ५० हजार बराबरको खाद्यान्न लत्ताकपडा स्कुल ब्याग आवश्यक पर्ने कापीकलम, किताब, स्कुल पोशाक, साबुन, झुल, सिरक, गरि एक कार्यक्रम गरि सहयोग गरेको समाजका अध्यक्ष होम बहादुर बस्नेतले बताए ।

गृहलक्ष्मी महिला समाज केन्द्र बेल्टारको आयोजनामा प्रवासी समाजका सह–कोषाध्यक्ष गोविन्द तिम्सिना र सदस्य लिलाराम शर्माले गत हप्ता एक कार्यक्रमको आयोजना गरि सहयोग समाग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा स्थानीय राजनीति दल, बुद्धिजीवी समाजसेवी, सुरक्षा निकाय, स्थानीय संचारकमीको उपस्थिति रहेको थियो । त्यसैगरी सोही कार्यक्रमा विदेशमा मृत्यु भएका संस्था वर्तमान सदस्यका आश्रित परिवारलाई ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

प्रवासी समाज उदयपुरका सदस्य नेत्र बहादुर राउतको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको हो । राउतको परिवारको आर्थिक अबस्थामा कमजोर रहेकोले जिवनयापन गर्न सहज होस भन्ने उद्देश्यले आर्थिक सहयोग उपलब्ध गराईएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप