महोत्तरीका दश गाविस र दुई नपा सुक्खाग्रस्त
महोत्तरी– सुक्खायाम तथा बढ्दो गर्मीसँगै पानीका मुहान धमाधम सुक्न थालेपछि महोत्तरीका विभिन्न क्षेत्रलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ ।
मङ्गलबार प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवको अध्यक्षतामा बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठकले जिल्लाका १० वटा गाविस र दुई वटा नगरपालिकालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
जिल्लाका उत्तरी भेगमा पर्ने पशुपतिनगर, खयरमारा, बेलगाछी, भरतपुर, लक्ष्मीनिया, हात्तीलेट, औरही र विजलपुरा गाविस तथा गौशाला र बर्दिवास नगरपालिकालाई सुक्खाग्रस्त घोषणा गर्ने निर्णय भएको हो ।
सो क्षेत्रमा विशेष खानेपानी योजना सञ्चालनका लागि गृह मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, खानेपानी तथा ढलनिकास विभाग, सुक्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनालगायतका सम्बन्धित निकायमा कार्यान्वयनका लागि केन्द्रबाट अनुरोध गर्ने निर्णयसमेत गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण