आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णयसँगै प्रधानमन्त्रीलाई भेट्न पुगे प्रचण्ड
काठमाडौं– आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णयसँगै एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् ।
केहि बेरअघि मात्रै भएको भेटवार्तामा के विषयमा कुराकानी भयो भन्नेबारे भने केहि खुलाइएको छैन । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उनीहरुबीच भेटवार्ता भएको तर छलफलका विषयवस्तुबारे जानकारी नभएको बताए ।
यसअघि मङ्गलबार साँझ वर्तमान सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र सत्ता साझेदार एकीकृत नेकपा माओवादीका शीर्ष नेताको बैठक बसेको थियो । तर बैठकमा कुनै ठोस कुराकानी भएको थिएन । आज बिहान दुवै दलका आफ्ना आफ्ना स्थायी कमिटीको बैठकपछि ओली र प्रचण्डबीच भेट भएको हो । प्रचण्ड निवास लाजिम्पाटमा बसेको एमाओवादी स्थायी समितिको बैठकले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र भूकम्पपछिको पुनःनिर्माणलाई अगाडि बढाउन राष्ट्रिय सहमतिको सरकार बनाउनु जरुरी रहेको औंल्याउँदै त्यसका लागि आफ्नै नेतृत्व आवश्यक रहेको निश्कर्ष निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण