बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

राजनीतिले नयाँ मोड लिँदै, देउवाले बोलाए मधेस केन्द्रित दलको बैठक

बुधबार, २२ वैशाख २०७३, १२ : ०१
बुधबार, २२ वैशाख २०७३

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले व्यवस्थापिका–संसदमा रहेका मधेशवादी दलका शीर्षस्र्थ नेताहरुसँगको बैठक बोलाएका छन् । आज दिउँसो २ बजे व्यवस्थापिका ससद भवन, नयाँ वानेश्वरमा बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले जानकारी दिए । बैठकमा नयाँ सरकार गठनको बारे छलफल हुने बताइएको छ । आजै बसेको एमाओवादी स्थायी समिति बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने निर्णय गरेसँगै देउवाले पनि मधेसी दलसँगको बैठक बोलाएका छन् । कांग्रेस समेत एमाओवादीको नेतृत्वमा सरकार बनाउन सकारात्मक रहेको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप