राष्ट्रिय सहमतिको प्रयासलाई निरन्तर जारी राख्ने एमालेको निर्णय
बुधबार, २२ वैशाख २०७३, १२ : ०७
काठमाडौँ – एमाले स्थायी कमिटीको आजको ३८औँ बैठकले राष्ट्रिय सहमतिको प्रयासलाई निरन्तर जारी राख्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक समृद्धिलाई मुख्य विषय बनाएर अगाडि बढ्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।
बैठकपछि पार्टी सचिव तथा प्रचार प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘मुलुकमा राजनीतिक अस्थिरतालाई बढावा दिने प्रयासलाई बृहत्तर राष्ट्रिय सहमतिका आधारमा निस्तेज पार्दै अगाडि बढ्न पार्टीले संविधान निर्माण पूर्वदेखि नै र विशेषगरी १६ बुँदे सहमतिदेखि निरन्तर राष्ट्रिय सहमतिको पक्षमा आफूलाई उभ्याउँदै अवस्थामा राष्ट्रिय सहमतिको प्रयासलाई निरन्तर जारी राख्ने र संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक समृद्धिलाई मुख्य विषय बनाएर अगाडि बढ्न सबै राजनीतिक दललाई बैठकले आह्वान गरेको छ ।’’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण