बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

मेगा बैंक नेपालको २५ प्रतिशत हकप्रद शेयर निष्काशन हुँदै

बुधबार, २२ वैशाख २०७३, १२ : १९
बुधबार, २२ वैशाख २०७३

काठमाडौं–मेगा बैंक नेपाल लिमिटेडको पाचौँ साधारण सभाले गरेको निर्णय अनुसार मेगा बैंकले आफ्ना शेयरधनीहरुमा २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ ।

यसको लागि बैंकले ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको छ। बैंकमा आयोजित एक कार्यक्रममा, मेगा बैंकका तर्फबाट प्रमुख सन्चालन अधिकृत, अनुपमा खुन्जेलिले तथा ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख मर्चेन्ट बैंकिंग, नलिना श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

२५ प्रतिशत हकप्रद शेयर निष्काशन पछी मेगा बैंक नेपाल लिमिटेडको चुक्ता पुँजीे ४ अर्ब ५ करोड हुनेछ । हाल बैैंकको २९ अर्ब निक्षेप र २६ अर्ब कर्जा प्रवाह रहेको छ । साथै देशभर ४४ वटा शाखा, ४५ वटा एटीएम सञ्जाल, ५३ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा, १४०० स्थानमा मेगा रेमिटको सञ्जाल र १ एक्सटेन्सन काउन्टर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप