खडेरीले दूध उत्पादनमा कमी
पाल्पा - खडेरीले दूध उत्पादनमा कमी हुन थालेपछि यहाँका किसान चिन्तित भएका छन् । खडेरी र डढेलोले गाँस, पानीको उचित प्रबन्ध मिलाउन समस्या भएपछि किसानलाई यतिबेला गाईभैँसीलाई पोषणयुक्त आहारा खुवाउन नसकेपछि दूध उत्पादन घटेको छ । “लामो खडेरीले घाँस पलाएको छैन, पहिलाको तुलनामा एक लिटर दूध घटेको छ,” छहरा–६ धवघाटका गणेश न्यौपानेले भने। गाई पालेर दूध बिक्री गर्दै आउनुभएका न्यौपानेजस्ता किसान खडेरीका कारण समस्यामा परेका छन् । घाँस जुटाउन नसक्दा सातवटा दुहुना गाईले खडेरीका कारण करिब १० लिटरसम्म दूध घटाएका छन् । इन्धनको सहज वितरण भए पनि कालोबजारी नरोकिएका कारण किसान मारमा परेका छन् । यस्तै छहरा–६ का देवराज राउत खडेरी र पानीको हाहाकारले गाई पाल्न नसक्ने अवस्थामा पुगेको बताउनुहुन्छ । “खडेरी रहेसम्म गाईलाई के खुवाएर बचाउने भन्ने पिर परेको छ,” उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण