बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

दुई कर्मचारी सङ्गठनबीच एकीकरण

बुधबार, २२ वैशाख २०७३, १३ : २६
बुधबार, २२ वैशाख २०७३

काठमाडौँ - नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र स्वतन्त्र कर्मचारी युनियन कृषि विकास बैँकबीच आज एकीकरण भएको छ । कृषि विकास बैँकमा एकीकृत (माओवादी)का केन्द्रीय सदस्य एवम् फ्याक्सन सह–इन्चार्ज रामकुमार शर्माको प्रमुख आतिथ्यमा भएको ती सङ्गठनको एकीकरण घोषणासभामा कृषि विकास बैँकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकास सिटौलाले नेपालको ट्रेड युनियन आन्दोलनमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै सकारात्मक सोच र अग्रणी भूमिकाबाट मात्र देशमा आर्थिक परिवर्तन ल्याउन सकिने धारणा राखे । उनले बैँकको प्रगतिका लागि सम्पूर्ण कर्मचारी तथा सङ्गठनलाई एकतावद्ध भई लाग्न आग्रह पनि गरे । नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका अध्यक्ष मोहनमान स्वाँरले जुनसुकै विचारधाराबाट आएको भए पनि देशको आर्थिक विकास तथा कृषि विकास बैँकलाई प्रगतिको पथमा लैजानुपर्ने बताए । स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष विमलप्रसाद शाहले कर्मचारी विभाजित भएर होइन, एकतावद्ध भएर देशको विकासमा लाग्नुपर्छ भने । एकीकरणपछि बनेको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष प्रेमप्रसाद खनालले बैँकमा नयाँ आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न बैँक व्यवस्थापनसँग आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप