सरकार परिवर्तनबारे बाबुरामको टिप्पणीः आश्चर्य मान्नुपर्ने केहि छैन
बुधबार, २२ वैशाख २०७३, १३ : २५
काठमाडौं– नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रियता जस्तो कुरालाई राजनीतिको फोहरी खेलमा बली बनाइएको बताएका छन् ।
पछिल्लो विकसित राजनीतकि घटनाक्रमबारे टिप्पणी गर्दै भट्टराईले सरकार बनाउने र गिराउने खेल पुरानै भएको भन्दै त्यसमा आश्चर्य मान्नुपर्ने कुरा केहि नभएको बताएका छन् ।
सामाजिक सञ्चालमार्फत उनले भनेका छन्, ‘सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल झैं नेपालका पुराना राजनीतिक शक्तिहरू ( वा पावर ब्रोकरहरू ?) को पुरानै जानेमानेको खेल हो । यसमा आश्चर्य मान्नुपर्ने केही छैन । खालि पात्र फेरिएका (थपिएका ) छन्, प्रवृत्ति उही हो ।’
उनले नेपालका राजनीतकि दलहरुले राष्ट्रियतालाई बली बनाउने काम मात्रै गरेको भन्दै अगाडि भनेका छन्, पहिले ओली सरकार बनाउँदा पनि ‘ राष्ट्रिय स्वाधीनता एवम् स्वाभिमानको रक्षा’ निम्ति रे ! अहिले सरकार गिराउँदा पनि उही ‘राष्ट्रिय स्वाधीनता एवम् स्वाभिमानको रक्षा’ निम्ति नै ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण