बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

राप्तीका दुई यातायात सेबाबीच सहमति

बुधबार, २२ वैशाख २०७३, १३ : ३०
बुधबार, २२ वैशाख २०७३
रुकुम–यात्रुहरुलाई स्तरिय सेवा प्रदान गर्ने राप्तीका दुई यातायात प्रालि विचमा सहमति भएको छ । रुकुम यातायात प्रालि र मालिका कालिका यातायात प्रालि दाङ्ग विचमा यात्रुहरुको चाहना अनुसारको स्तरिय सेवा प्रदान गर्ने सहमति भएको हो । दुई प्रालि विच दाङ्गको तुलसीपुरमा भएको छलफल पछि रुकुम देखी दाङ्ग सम्मको सडकमा दुई प्रालिले एक आपसमा समन्वय गरी सेवा संचालन गर्ने सहमति भएको रुकुम यातायात प्रालिले जनाएको छ । १५÷१५ क्यू को अवधारणमा यहि वैशाख २४ गते शुक्रवार देखी दुई प्रालिको सेवा संचालनमा आउने छ । यातायात क्षेत्रको सिन्डिकेट प्रथालाई अन्त्य गर्दै स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट सेवा संचालन गर्न सधैं लागिरहने विषयमा समेत सैदान्तिक सहमति भएको छ । सरकारले खारेज गरिसकेको सिन्डिकेट पुर्ण रुपमा नहटेसम्म यात्रुहरुले स्तरिय सेवा पाउन नसक्ने ठहर गर्दै दुई प्रालिले एक आपसमा समन्वय गरेर सेवा संचालन गर्न लागिएको रुकुम यातायात प्रालिका अध्यक्ष केशव रावलले बताए । सहमति पत्रमा मालिका कालिका यातायात प्रालिका तर्फबाट बरिष्ठ उपाध्यक्ष अरुण श्रेष्ठ, महासचिव गेहेन्द्र ओली, सचिव खिमवहादुर रोका र कोषाध्यक्ष राम वहादुर ओलीले हस्ताक्षर गरेका छन् भने रुकुम यातायात प्रालिका तर्फबाट अध्यक्ष केशव रावल र उपाध्यक्ष मान वहादुर चदाराले हस्ताक्षर गरेका छन् । यसअघि रुकुम यातायात प्रालिले काठमाण्डौं, नेपालगंज र स्थानीय सडकहरुमा यातायात सेवा संचालन गर्दै आइरहेको थियो । यात्रुहरुको मागका आधारमा सेवा विस्तार गर्दै जाने प्रालिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप