बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बैंकबाट रकम लुटेर भाग्ने दुई भारतीय पक्राउ

बुधबार, २२ वैशाख २०७३, १३ : ३४
बुधबार, २२ वैशाख २०७३

वीरगन्ज– वीरगन्जको माइस्थान चोक नजिकै रहेको हिमालयन बैंकबाट मंगलबार अपराहन्न ५० हजार रुपैयाँ लुटेर भाग्ने दुई जना भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बारको कलैया नगरपालिका निवासी विरेन्द्र प्रसाद यादवले बैंकमा जम्मा गर्न लागेको ५० हजार रुपैया बैंकको काउण्टरबाट लुटेर भागेका भारत विहार मजफरपुर निवासी सोनु कुमार कुर्मी र नेहाल कुमारलाई स्थानियको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

कपडा व्यापारी यादवले रकम जम्मा गर्न बैंकमा भाउचर भर्ने क्रममा काउण्टरमा राखिएको नगद लुटी फारार भएपछि यादव सहित माईस्थान चोकमा टिउटी खटेको प्रहरीले सोनु र नेहाललाई नगद सहित रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक होबीन्द्र बोगटीले जानकारी दिए । उनले वीरगन्जका विभिन्न बैंकहरुबाट विगतमा भएका लाखौं रुपैयाँ लुट पक्राउ परेका युवा र उनको सहमुले गरेको अनुसन्धानबाट खुलेको प्रवक्ता बोगटीले बताए ।

पक्राउ परेका भारतीय युवकहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि आवस्यक अनुसन्धना भईरहेको छ भने लुटेरा युवाहरुका अन्य साथिहरुको खोज तलाश समेत भई रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप