राजेन्द्र महतोले भने– मधेस हिजो पनि ओलीको विरोधमा थियो आज पनि छ
काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमपछि सबैको ध्यान फेरि मधेशी मोर्चातिर गएको छ। सरकार परिवर्तनको विषयलाई लिएर मधेशी मोर्चा आबद्ध दलहरू पनि आन्तरिक छलफलमा जुटेको बताइन्छ ।
तर, मोर्चाका एक प्रभावशाली नेता तथा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने सरकार परिवर्तन आफूहरूको सरोकारको विषय नभएको बताएका छन् । बुधबार संचारकर्मी हरूसँग कुरा गर्दै महतोले भने- मधेस हिजो पनि ओलीको विरोधमा थियो आज पनि छ र भोलि पनि ओलीकै विरोधमा रहनेछ। त्यसैले मतदान गर्ने अवस्था आयो र मोर्चाले मतदान प्रक्रियामा सहभागी हुने निर्णय गर्यो भने मधेशी मोर्चोको भोट ओलीको विरोधमा नै जान्छ।
महतोले ओलीले मधेशी मुद्दालाई सम्बोधन गर्न ध्यान नदिएको तथा वार्ता गर्न पनि नचोहेको आरोप लगाए । उनले भने –ओलीले आफ्नो बोलीमै समय खेर फ्याले, मधेशीको मांगबारे कहिले गम्भीर भएनन्।’ सरकार परिवर्तनको यस खेललाई आफूहरूले पनि सूक्ष्मतापूर्वक नियालि रहेको र यस विषयमा आन्तरिक र मोर्चा भित्र पनि छलफलमा जुटेको बताए।
सरकारमा सहभागी हुने कुरामा महतोले भने ‘त्यो अहिले हाम्रो सरोकारकै विषय हैन। ’ मधेशी मोर्चाले अघि सारेको ११ बूंदे मांग सम्बोधन नभई सरकारमा सहभागी नहुने उनको दाबी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण