बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

किरात राई चाम्लिङ खाम्बातिममा युवराज

बुधबार, २२ वैशाख २०७३, १३ : ५३
बुधबार, २२ वैशाख २०७३

काठमाडौं– ‘आफ्नो भूमि आफ्नै भाषा–संस्कृति, चाम्लिङ राईको मूल पहिचान, आफ्नो प्रदेशमा आफ्नै भाषा सरकारी कामकाजका लागि हाम्रो अभियान’ भन्ने नारासहित काठमाडौंमा सम्पन्न किरात राई चाम्लिङ खाम्बातिमको चौथो राष्ट्रिय सम्मेलनले युवराज राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचित कार्यसमिति उपाध्यक्ष्यमा ज्ञानबहादुर राई ‘गेन’ र चन्द्रा चाम्लिङ, महासचिवमा लिलमराज राई, सचिवमा जितबहादुर राई र दीपेन्द्र राई रहेका छन् भने कोषाध्यक्षमा अञ्जना राई र सहकोषाध्यक्षमा खड्गबहादुर राई छन् । यसैगरी सदस्यमा गणेश राई, रकम रोदुङ राई, सरिपकुमार राई, सुकदेव चाम्लिङ राई, राजुविक्रम चाम्लिङ, शम्भु राई, सुशीला चाम्लिङ राई र दिनेश राई निर्वाचित भएका हुन् । एक उपाध्यक्ष र चार सदस्य मनोनीत गरी कार्यसमितिलाई पूर्णता दिइने किरात राई चाम्लिङ खाम्बातिम अध्यक्ष युवराज राईले जानकारी दिए । किरात राई चाम्लिङ खाम्बातिमको दुईदिने राष्ट्रिय सम्मेलनले सातबुँदे काठमाडौं घोषणापत्रसमेत जारी गरेको छ । जारी घोषणापत्रमा खाम्बातिमले प्रस्तावित १ नम्बर प्रदेशमा चाम्लिङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रचलनमा ल्याउन अभियान थाल्ने खाम्बातिम अध्यक्ष राईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप