१३ यार्सागुम्बा तस्कर पक्राउ
डोल्पा –डोल्पाको पश्चिमी क्षेत्रमा पर्ने कागमारा हिमाल नजिकैको यार्सागुम्बा पाटनबाट चिया खाँदै गरेको अवस्थामा १३ जना यार्सागुम्बा तस्कर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ७ जना जाजरकोटका, २ जना जुम्लाका, ५ जना डोल्पाका रहेको निकुञ्जका खरिदार देबेन्द्र जिसीले बताए ।
उनीहरु औपचारिक रुपमा यार्सागुम्बा संकलन नहँुदै तस्करीको लागि यार्सागुम्बा पाटन गएको बेला नेपाली सेनाको तोईजुम पोष्टबाट गस्ति गएको टोलीले पक्राउ गरेको शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भईरहेको निकुञ्जले जनाएको छ । उनिहरुलाई चोरीको कानुन अनुसार आवाश्यक कारवाही गरिने कार्यलयले जनाएको छ । प्रत्येक वर्ष औपचारिक रुपमा संकलन कार्य हुनु अगावै सयौं किलो यार्सागुम्बा तस्करी हुनेगरेता पनि कडाईका साथ तस्करी नियन्त्रण हुन नसकेको सरोकारवाला बताउँछन् ।
औपचारीक रुपमा यार्सागुम्बा संकलन कार्य जेठ दश गतेमात्र सुरुहुने निकुञ्जले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण