बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

आधुनिक उपकरणबाट नेपाल प्रहरीलाई सुसज्जित गर्नुपर्ने

बुधबार, २२ वैशाख २०७३, १४ : ०३
बुधबार, २२ वैशाख २०७३

वीरगन्ज– अपराध नियन्त्रणका लागि प्रहरीलाई अत्याधुनिक उपकरण र हतियारले सुरजित गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । नेपाल प्रहरीको काम, कर्तब्य र व्यवहारमा सुधार आएपनि बदलिदो परिस्थिती अनुकुल नेपाल प्रहरीलाई प्रविधी मैत्री नबनाए अपराध अनुसन्धन राम्रो नहुनुको साथै समाजबाट अपराध कम गर्ने उदेश्य पुरा नहुने सरोकारवालाहरुले बताएका छन् । अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जले मंगलबार वीरगन्जमा आयोजना गरेको अपराध नियन्त्रण तथा अनुसन्धान विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि रहेका उद्योगि व्यपारी, नागरिक समाजका अगुवा, अधिकारकर्मी, संचारकर्मी लगायतका सरोकारवालाहरुले पछिलो समयमा नेपाल प्रहरी व्यवसायिक हुदै गएपनि साधन श्रोत र उपकरणको अभावमा अपेक्षित प्रतिफल हासिल गर्न नसकेकाले प्रहरीको अनुसन्धान गर्ने क्षम्तालाई बढान प्रहरी प्रधान कार्यलयले काठमाण्डौ बाहिर रहेका सुरक्षा कर्मी समेतलाई अत्याधुनिक उपकरणबाट लैश गर्नु पर्ने आवस्यता रहेको वक्ताहरुले बताएका छन् । कार्यक्रममा वीरगन्ज उद्योग बाणिज्य सघका अध्यक्ष प्रदिप केडिया, उपाध्यक्ष सुबोध गुप्ताल,कार्यकारणि सदस्य तारा प्रसाद गुप्ताल, नागरिक समाजका अगुवा डा दिपक शाक्य लगायतका वक्ताहरुले विगतको तुल्नामा प्रहरी बढी जन मैत्री भएपनि अझै सुधारको अवस्यक्ता रहेको बताउदै वक्ताहरुले व्यक्तिमाथि जिल्लाको सुरक्षा व्यवस्था फरक हुने परिपाटीको अन्य गर्दैप सिमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थालाई बलियो बनाउन प्रहरी प्रधान कार्यालय तयस्ता पद्यतीको विकास गर्नु आवस्यक रहेको धारणा व्यक्त गरेका थिए । वक्ताहरुले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा काम गर्ने सुरक्षाकर्मीले बजे अभावको कारण चाहे जस्तो काम गर्न नसकेकाले आवस्यक बजेटको व्यवस्था मिलाउन प्रहरी प्रधान कार्यालयलाई वक्ताहरुले आग्रह गरेका छन् । अञ्चल प्रहरी कार्यालय नारायाणी वीरगन्जका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक नारायण सिंह खडकाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागिले राखेका जिज्ञाहरुको जवाफ दिदै अपराध अनुसन्धान महासाशाका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्ष विज्ञान राज शर्माले प्रहरी संगठन भित्र गलत मान्सिक्ता बोकेर बसेका अधिकारीहरुलाई बुनैपनि हालतमा नछाडिने दावी गर्नुभयो। उहाँले पछिलो समयको तुल्तामा नेपाल प्रहरी बढी व्यवसायिक रुपमा आफुलाई प्रस्तुत गर्दै अगाडी बडेको बताउदै अतिरिक्त महानिरीक्षक शर्माले अब गलत गर्ने अधिकारी आफै बडारिने ठोकरवा गर्नु भयो । उहाँले वीरगन्जमा संगठनकै राम्रा अधिकारीलाई पठाउने गरेकाले पर्साको सुरक्षा व्यवस्था प्रति चिन्तीत नहुन आग्रह गर्दै अतिरिक्त महानिरीक्षक शर्माले अबको पुलिसिग जनताका माझामा रही जनताकालगि गर्ने भएकाले जनता र पुलिस बीचको सम्बन्ध सुमधु हुनु पर्ने र प्रहरी यस क्षेत्रमा कार्य थालन् िगरी सकेको जानकारी दिनुभयो। उहाँले अब गलत गर्ने प्रहरी अधिकारी संगठनले क्षेमा नदिने प्रतिबद्धता जनाउदै अतिरिक्त महानिरीक्षक शर्माले प्हरीका विषयमा रहेका गुनासाहरुलाई सोझै प्रधान कार्यालयम ागर्न सकिने व्यवस्था भएको बताउन भयो। सिमाक्षेत्रको सुरक्षा व्यवस्थाका प्रति नेपाल प्रहरी अत्यन्त चनाखो रहेको र यसमा कसै संग सम्झौता गर्न तयार नभएको प्रस्ट पार्नुभयो। उहाँले समाजमा रहेका अपराध नियन्त्रणका लागि मात्र नेपाल प्रहरी नलागेको बताउदै समाजमा रहेका छुवाछुत, कुप्रथाका अन्तकालागि समेत नगरिक समाजसंग हातेमालो गरी अगाडी बढेको जानकारी दिनुभयो । पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले अन्तरक्रिया कार्यक्रममा सहकार्ताको भुमिका निर्वाह गर्नु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप