गायक रेवत ‘चार धाम घुमी आएँ भन्थ्यौ’ भिडियो सार्वजनिक
बुधबार, २२ वैशाख २०७३, १४ : १८
काठमाडौं– गायक रेवत राईको ‘चार धाम घुमी आएँ भन्थ्यौ’ गीतिभिडियो सार्वजनिक भएको छ । गायक राईले सो गीतिभिडियो आफ्नै युटुब च्यानल ‘आर स्क्वायर’ बाट सार्वजनिक गरेका हुन् । भिडियोमा वीरेन्द्र राईको शब्द र सुरेश अधिकारीको संगीत रहेको छ । दिनेश डिसीद्वारा निर्देशित सो भिडियोमा नीता ढुंगाना, अनुप राई, माधव पण्डित र गायक स्वयम्को अभिनय रहेको छ भने छायांकन मानकृष्ण महर्जन र सम्पादन नहकुल खड्काले गरेका छन् । गायक राईको पहिलो गीतिएल्बम ‘इमर्ज’मा समावेश ‘लाहुरेदाइको छोरीले’ गीतको भिडियोले चर्चा पाएको थियो । सो गीतको लोकप्रियताका कारण उनले हङकङ, कोरिया, बेलायतलगायत विभिन्न मुलुकमा सांगीतिक प्रस्तुति दिएका थिए । उनले पछिल्लोताका किरात राई समुदायका संस्कार, संस्कृति तथा मिथकमा आधारित गीत गाउँदै आएका छन् ।
https://www.youtube.com/watch?v=IhTg2up4YjEखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण