बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

‘नागढुंगा–कलंकी सडक विस्तार अदालतको आदेश विपरित’

बुधबार, २२ वैशाख २०७३, १४ : ३४
बुधबार, २२ वैशाख २०७३
काठमाडौ– सर्वोच्च अदालतको आदेश विपरित काठमाडौ उपत्यका विकास प्राधिकरण र काठमाडौ उपत्यका सडक विस्तार आयोजनाले कलंकी नागढुंगा सडक विस्तारलाई जारी राखेको भन्दै स्थानीय बासिन्दाले आपत्ति प्रकट गरेका छन् । कलंकी–नागढुंगा सडक विस्तार पीडित संघर्ष समितिले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आफूहरुसँग छलफलसमेत नगरी प्राधिकरणले आफूखुसी प्रहरी लगाएर घर र अन्य सार्वजनिक सम्पत्तिहरु भत्काईरहेको भन्दै त्यसको विरोध गरे । समितिले सर्वोच्च अदालतले सो विषय विचाराधिन रहँदा सम्म भत्काउने काम नगर्नु भनि दिएको आदेशलाई समेत बेवास्ता गरेर प्राधिकरणले अदालतको अवेहलना गर्दै भत्काउने कार्यलाई निरन्तरता दिएको आरोप लगाउँदै प्राधिकरण राज्यका निकायहरुलाई बेवास्ता गर्ने निरकुंश प्रबृत्तिको भएको आरोप लगाए । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष न्हूच्छे बहादुर श्रेष्ठले सर्वोच्चले नभत्काउन आदेश पनि राज्यले दादागीरी शैलीमा डोजर लगाई घर भत्काई श्वेत आतकंका मच्चाएको आरोप लगाउँदै तत्काल यस्तो कार्य बन्द गर्न माग गरे । अधिवक्ता शंकर लिम्बुले संविधानको मौलिक हक विरुद्ध हुने गरी राज्यले गरेको सडक विस्तार गलत भएको भन्दै राज्यले सुचना समेत नदिई घर भत्काउनु दादागिरी मात्रै भएको दावी गरे । अधिवक्ता रञ्जित ढुंगेलले प्राधिकरणले तिरो तिरेको लगतकट्टा नगरीकन गरिएको काम गलत भएको भन्दै जग्गा र घरको क्षतिपूर्ति पीडितहरुले पाउनु पर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप