बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सरकार परिवर्तनबारे उपेन्द्र : हामी त्यसै किन हतार गर्ने ?

बुधबार, २२ वैशाख २०७३, १४ : ५१
बुधबार, २२ वैशाख २०७३

काठमाडौं – एमाओवादीले आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने औपचारिक निर्णय गरेसँगै नयाँ समिकरण कस्तो बन्ने भन्ने चर्चा शुरु भएको छ । नयाँ सरकार बने हाल सरकारबाट बाहिर रहेर आन्दोलनमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको भूमिका के हुने हो भन्ने चाँसोको विषय बनेको छ । तर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने सरकार परिवर्तनबारे हाल मधेसी मोर्चालाई कुनै हतारो नभएको बताएका छन् । रातोपाटीसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘सरकार परिर्वतनबारे भर्खर कुरा चल्न थालेको छ । यसमा हामी किन हड्बढाउने ? यसबारे हामीले कुनै निर्णय गरेका छैनौं ।’ नयाँ बन्ने सरकारलाई समर्थन गर्ने वा नगर्ने, सरकारमा सहभागी हुने वा नहुने विषय मोर्चाको बैठक बसेर निर्णय गर्ने उनले जानकारी दिए । ‘मोर्चाको बैठक बसेर हामी यसबारे आधिकारिक निर्णय गर्नेछौं,’ उनले रातोपाटीलाई बताए । आज मोर्चाले नेपाली कांग्रेससँग छलफल गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप