काठमाडौँ उपत्यकाका सडक विस्तार प्राथमिकतामा
काठमाडौँ - सरकारले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सुरु गरेको सडक विस्तारलाई चाँडो पूरा गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । चन्द्रागिरि नगरपालिकाद्वारा आयोजित ‘सवारी दुर्घटना, ट्राफिक जाम, नियन्त्रण तथा चन्दागिरि नगरको भावी यातायात योजना’ विषयको अन्तक्र्रियामा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापाले सवारीसाधनको चाप बढ्दै गएकाले अब साँघुरा सडकलाई फराकिलो बनाउनुपर्नेमा बताए । उनले चन्द्रागिरि नगरपालिकाभित्र चक्रपथ निर्माण गरी त्यसलाई सवारी सञ्चालनमा व्यवस्थित बनाउनपर्नेमा जोड दिए । सो अवसरमा यातायात व्यवस्था विभागका निर्देशक वसन्त अधिकारीले पुराना सवारी साधनले दुर्घटना तथा वातावरण प्रदूषण गर्ने हुँदा सरकारले एउटा मापदण्ड बनाएर त्यस्ता साधन सञ्चालनमा प्रतिबन्ध लगाउनुपर्ने विचार व्यक्त गरे । नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द पाण्डेले त्यस क्षेत्रमा रहेका विभिन्न जात्रा, पर्व, संस्कृति तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्दै नगर बस सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रकाश अर्यालले सडक दुर्घटनामा मुख्य कारण भनेको चालकको लापर्बाही र सडकको पूर्वाधार कमजोर अवस्था हुनु हो भन्दै ट्राफिक बत्तीको अभावमा ट्राफिक प्रहरीले इसारा दिएर ट्राफिक व्यवस्थापन गर्नुपरेको बताए । कार्यक्रमका संयोजक एवम् राप्रपा नेपालका नेता देवेन्द्र प्रधानले सडक दुर्घटना न्यूनीकरणका लागि सवारी चालक तथा यात्रु दुवैले जिम्मेवारीपूर्वक ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण