कालाबजारीमा समातेको ग्याँस प्रहरीले नै बिक्री गरेपछि...
काठमाडौँ– महँगो मुल्यमा विक्री गर्ने उद्देश्यले लामो समयदेखी लुकाई छिपाई राखेको ग्याँस बरामदपछि विक्रेतालाई मुद्दा चलाउनुको साटो प्रहरी आफैंले बिक्री गरेको पाईएको छ । मंगलबार काठमाडौं महानगरपालिका–३५ महादेवस्थान मार्गमा रहेको निरज स्टोर्सका संचालन निरज जोशीलाई ८ थान भरी र एकथान आधा सिलिन्डरसहित प्रहरीले पक्राउ गरेको थियो । बाबा र श्री ग्याँससहित विहान करिब दश बजे पक्राउ परेका जोशीलाई महानगरीय प्रहरी वृत बानेश्वरले राती ९ बजे रिहा गरेको थियो । सिलीन्डर सहित भरि ग्याँसको पाँच हजार सम्म लिएर बिक्री गर्दै आएका जोशीले लामो समयदेखी आउन छाडेको आधा सिलिन्डर ग्याँस समेत महंगो तिर्ने ग्राहक कुरेर लुकाई राखेका थिए ।
ग्यास सिलिन्डर लुकाई राख्ने पक्राउ
यसरी कालोबजारीमा समातेको खाना पकाउने ग्याँस महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी नारायण चिमौरियाले कार्यालयबाटै बिक्री गरेका छन् । मंगलबार राती निरज स्टोर्सका संचालक निरज जोशिलाई हिरासत मुक्त गरेका डिएसपी चिमौरियाले बुधवार बिहान बजारमुल्यमा ग्याँस बेचेको वानेश्वर वृतका एक प्रहरीले जानकारी दिए । कालोबजारीको ग्याँस विक्री गरेको बारे प्रतिक्रिया दिँदै डिएसपी चिमौरियाले भने, ‘ग्याँसको परिमाण धेरै भेटिएन्, जम्मा ८ ओटा ग्याँस मात्रै फेला परेकाले सर्वसुलभ मुल्यमा बृतबाटै बेचेका छौं ।’ स्टोर्स संचालकले भरी ग्याँस सिलिण्डर लुकाएर ग्राहकलाई ‘ग्यास छैन’ भन्दै बढी मुल्य तिर्नेलाई लुकाई छिपाई बेच्ने गरेका थिए । ग्याँस लुकाएको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी बृत कोटेश्वरका ईन्सपेक्टर राजिव पराजुली नेतृत्वको टोलीले छापा मारेर ग्याँस बरामद गरेको थियो । यसअघि वैशाख पहिलो साता तिनकुनेको अनिल स्टोरका संचालक अनिल श्रेष्ठलाई ६ थान सगर ग्याँससहित पक्राउ गरेको बानेश्वर प्रहरीले कालोबजारीको मुद्धा चलाएको थियो । ‘अनिल स्टोरमा ६ ओटा ग्याँस फेला पर्दा मुद्दा चलाउने तर लामो समयदेखि लुकाएको ९ थान ग्याँस भेट्दा किन छाडेको’ कोटेश्वरका एक स्थानीयले प्रश्न गर्दै भने, ‘प्रहरी वृतबाट बेचिएको ग्याँसको पैसा अब कसको हुन्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण