बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

अन्तिम समयसम्म सरकारको प्रतिरक्षा गर्ने राप्रपा नेपालको निर्णय

बुधबार, २२ वैशाख २०७३, १६ : ४०
बुधबार, २२ वैशाख २०७३

काठमाडौं– राप्रपा नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारको अन्तिम समयसम्म प्रतिरक्षा गर्ने निर्णय गरेको छ । पछिल्लो विकसित राजनीतकि घटना क्रमबारे छलफल गर्न बसेको पार्टी केन्द्रिय कार्यसम्पादन समितिको बैठकले सरकारको अन्तिमसमयसम्म प्रतिरक्षा गर्ने निर्णय गरेको प्रवक्ता राजाराम श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

‘देशको चौथो राजनीतिक शक्तिको हैसियता सरकारलाई जुन विस्वासका साथ समर्थन गरेका थियौं, त्यसप्रति हामी पूर्ण प्रतिबद्ध छौं’, बैठकको निर्णय सुनाउँदै श्रेष्ठले भने, ‘ सरकारबारेको निर्णयमा पुर्नविचार गर्न एमाओवादी अध्यक्ष प्रचण्डसँग बैठकले आग्रह गरेको छ ।’

सरकार फेरबदलको पछिल्लो घटनाक्रम अप्रत्यासित र अनुपयुक्त भएको समेत ठहर गर्दै बैठकले विशिष्ट परिवेशमा राष्ट्रिय सार्वभौमिकता र स्वाभिमान रक्षा गर्ने सन्दर्भमा खडा भएको सरकार ढाल्ने ढालिन खोज्दा थप संकट निम्तन सक्ने चेतावनी दिएको  छ ।

अहिलेको समय सरकार परिवर्तनको नभई राष्ट्रिय स्वाधिनताको रक्षा गर्नु र संविधानको कार्यान्वयन गर्नु पनि भएको  बैठकले ठहर गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप