बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

समस्यामा ओसामा बिन लादेनको कम्पनी , किन निकालिए हजारौँ कामदार

बुधबार, २२ वैशाख २०७३, १७ : ००
बुधबार, २२ वैशाख २०७३

साउदी – अल कायदाका पूर्व प्रमुख ओसामा बिन लादेनका बाबुको बहुराष्ट्रिय निर्माण कम्पनी साउदी बिन लादेन ग्रुप अहिले समस्यामा छ । साउदी अरबको यस कम्पनीमा कार्यरत ७७ हजार विदेशी कामदारले अहिले पैसा पाएका छैनन् । कामदारहरु कम्पनीको विरोधमा अहिले सडकमा छन् । त्यसैले कम्पनीले आधाभन्दा बढी मानिसलाई कामबाट निकालेको छ । ७ हजार करोड तिर्न बाँकी कम्पनीमा ७७ हजार विदेशी कामदार तथा १२ हजार साउदी अरबका कामदार छन् । केही महिनादेखी कम्पनीले कामदारलाई पैसा दिएको छैन् । अलजजिरा टेलिलभिजनका अनुसार कम्पनीले ६ सय ६० मिलियन डलर तलब दिन बाँकी छ । कम्पनीले विदेशी कामदारहरुलाई देशबाट निस्कनका लागि भिसा समेत लगाईदिएको छ , जसका कारण उनीहरु आप्mनो देश फर्कन सकून् । त्यस्तै साउदी अरबकै १२ हजार कामदारलाई पनि कम्पनीमै तलब नलिई बस्ने वा राजीनामा गर्ने भन्ने सम्बन्धमा विकल्प रोज्न लगाइएको छ । दुई लाख कर्मचारी छन् कम्पनीमा लादेनको यो कम्पनी साउदी अरबको ठूलो निमार्ण कम्पनी हो । संसारभर कम्पनीका दुई लाख कमदार छन् । सन् १९३१ मा ओसामा बिन लादेनका बाबु बिन अवाद बिन लादेनले यो कम्पनी सूरु गरेका थिए । अहिले ओसामाका भाईले यसलाई चलाउँदैछन् । कसरी डुब्यो कम्पनी अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य घटेपछि कम्पनीमा काम कम आउन थाल्यो । तेलको मूल्य घटेपछि साउदी सरकारकोे ऋण बढेको छ । साउदी सरकारको आम्दानीको ९० प्रतिशत हिस्सा तेल बिक्री हो । कम्पनीले यसअघि सरकारको ७० प्रतिशत निमार्णका कामहरु गर्दै आएको थियो । तर अब सरकारले नै नवनिर्माण गर्न नसक्ने अवस्था आयो । रोयटर्सका अनुसार अहिले साउदी सरकारले ठूला ठूला फुटबल रंगशाला र हाइस्पिड रेल लाईन्स परियोजनाहरु बन्द गरेको छ । अहिले बिन लादेनको यो कम्पनीले संसारकै सबैभन्दा ठूलो बिल्डिंग भने बनाउँदैछ । जसको उचाई ३ हजार २ सय ८० फिट छ । सेप्टेम्बर ११ को हमालापछि पिडित परिवारले हालेका थिए मुद्दा सन् २००१ सेप्टेम्बर एघारमा बिन लादेनको डिजाईनमा अमेरिकाको ट्वीन टावरमा हमाला भएपछि पिडित परिवारले बिन लादेन कम्पनीमाथि पनि मुद्दा चलाएका थिए । आरोप थियो कि कम्पनीको पैसा ओसामाले आतंककारी क्रियाकलाप गर्न खर्च गर्छन् । तर सन् १९९३ मै यो कम्पनीको शेयरहोल्डरको सूचि ओसामा हटिसकेका थिए । अमेरिकी कोर्टले भने यो कम्पनीलाई अमेरिकामा कारोबार गर्न रोक लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप