राजधानीबाट हातहतियार कारोबार गर्ने गिरोह पक्राउ
काठमाडौं– प्रहरीले राजधानीबाट अवैध हातहतियारको कारोबार गर्ने गिरोह पक्राउ गरेको छ ।
काठमाण्डौ उपत्यकामा हातहतियारको कारोबार गर्ने गिरोह रहेको भन्ने गोप्य सुचनाका आधारमा खोजी गर्ने क्रममा महानगरीय महाशाखाबाट खटिएको प्रहरी टोलीले मोरङका नारायण श्रष्ठ, मकवानपुरका रामचन्द्र थापा र ललिपुरका दिपक सापकोटालाई पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये थापालाई मंगलबार काठमाडौंको टेकु बाट सानेपा तर्फ जाने पुल नजिक सडकमा मेड इन युएसए लेखिएको साईलेन्सर जडित एउटा पेस्तोल तथा २ राउण्ड गोलि सहित पक्राउ गरेको हो । यस्तै अनुसन्धानको क्रममा उक्त अपराधमा संलग्न गिरोहका अन्य सदस्यहरु नारायण श्रेष्ठ र दिपक सापकोटा लाई ललितपुर महालक्ष्मीस्थान खाजा घर बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट लागूऔषध समेत बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई हातहतियार खरखजना तथा लागुऔषध अपराधमा कारबाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण