फेलानी र हुथमाथि तीन खेलको प्रतिबन्ध
लण्डन – आइतबार म्यानचेस्टर युनाइटेड र लेसिस्टेर सिटीबीचको खेलमा हात हालाहालमा उत्रिएका माउरोनी फेलानी र रोर्बट हुथमाथि तीन म्याचको प्रतिबन्ध लागेको छ । यि खेलाडीहरु म्यानचेस्टर र लेसिस्टेर सिटीले एक एक गोलको बराबरी खेलेको खेलमा हात हालाहालमा उत्रिएका थिए । स्थानिय समयअनुसार बुधबार ६ बजेसम्म उनीहरुले फुटबल संघमा यस निर्णयको विरोधमा अपिल गर्न पाउनेछन् । इंग्लिस फुटबल संघले विज्ञप्ती जारी गर्दै म्याच अफिसियलले तत्काल उक्त घटनालाई नदेखेपनि भिडियो फूटेज हेरेर उनीहरुमाथि कारबाही गरिएको बताएका छन् । तीन म्याचको प्रतिबन्ध लागेपनि फेलानी एफए कपको फाइनलमा क्रिस्टल प्यालेस विरुद्ध भने मैदान उत्रन पाउँनेछन् । तर आगामी साता उनी वेस्टह्याम विरुद्धको खेलमा उपलब्ध हुनेछैनन् । यस खेलमा जीत हासिल गर्ने टोलीले चौथो स्थानका लािग म्यानचेस्टर सिटीमाथि दबाब दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण