बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

जव बसपार्कमा बसै भेटेनन् यात्रुले (फोटोफिचर)

बुधबार, २२ वैशाख २०७३, १९ : ४९
बुधबार, २२ वैशाख २०७३

काठमाडौं – बुधबार काठमाडौं पुरानो वसपार्कमा एउटै बस नदेखेपछि धेरै यात्रुहरु आत्तिए, अलमल्लमा परे । कार्यालय छुटेर घर जान हतारिएका यात्रु बसपार्कमा बसै नदेखेपछि अलपत्र परेको भान पर्नु स्वभाविकै हो ।

महानगरपालिकाले पुरानो बसपार्क खाली गराएर खुलामञ्च सारेपछि धेरै यात्रु अलमल्लमा परेका हुन् । खुलामञ्चमा सारिएको बसपार्कमा धेरै आफ्नो बस रुट खोज्दै हैरान थिए । बसपार्कसँगै बसको रुट फेरिएपछि धेरै यात्रुले सास्ती समेत खेप्न बाध्य भए ।

काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क क्षेत्रमा १७ तले काठमाडौं भ्यु टावर को निर्माण गर्ने भएपछि बसपार्क खाली गरिएको हो । भ्यु टावरको निर्माण भएपछि टावरभित्रै पार्किङ र बसका विभिन्न रुटहरु रहनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप