बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

वास्तविक ‘पा’ को निधन

बुधबार, २२ वैशाख २०७३, २० : ०३
बुधबार, २२ वैशाख २०७३
मुम्बई – भारतमा निकै चर्चित रहेका निहाल बिटलाको १५ वर्षको उमेरमा निधन भएको छ । निहालमार्फत नै भारतमा प्रोजेरियाको केस पहिलो पटक चर्चामा आएको थियो । सन् २००९ मा चलचित्र पा बनेपछि निहाल चर्चामा आएका थिए । यस चलचित्रमा अमिताभ बच्चनले निहालजस्तै प्रोजेरिया पिडित बच्चाको भूमिका निभाएका थिए । १५ वर्षको उमेर देखिन्थे ९० वर्षको जस्ता निहालको उमेर १५ वर्षको थियो । तर यस बिरामीका कारण उनी ९० वर्षको जस्तो देखिन्थे । मुम्बईका यी युवकको निधन सोमबार तेलंगानास्थित आफ्नै बस्तीमा भयो । उनी बिहेका लागि परिवारको साथमा पुगेका थिए । त्यति नै बेला उनलाई ब्रेन स्ट्रोक भयो । करिम नगर अस्पतालमा उनलाई भर्ना गरियो र उनको निधन भयो । आमिर खानका फ्यान थिए निहाल निहाल आमिर खानका ठूला फ्यान थिए । उनले तारे जमीन पर चलचित्र हेरेपछि आमिर खानलाई भेटेर धन्यवाद् दिने बताएका थिए । यसपछि उनले आरिमलाई पनि भेटे । निहाललाई तस्विर बनाउने सौख पनि थियो । के हो प्रोजेरिया ? प्रोजेरिया निकै दुर्लभ रोग हो । यस रोग लागेका मानिसको शरीर सामान्य व्यक्तीको तुलनामा ९ गुणा बुढो हुन्छ । प्रोजेरिया पिडित अधिकांश बच्चा औसत १४ वर्षको उमेरमा मुटुसँग जोडिएको बिरामीका कारण मृत्युवरण गर्न बाध्य भएका छन् । संसारमा केवल ३ सयमा यस्तो बिरामी देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप