आकाशमा विमान हल्लिँदा इतिहादको विमानमा सवार एकतीस हवाई यात्रु घाइते
बुधबार, २२ वैशाख २०७३, २० : २१
अबुधाबी - इतिहाद हवाई सेवाको एक विमानले बुधबार एक गम्भीर एवम् अनपेक्षित हलचल उडान अनुभवको सामना गर्नुपरेको उक्त हवाई कम्पनीले बताएको छ ।
जकार्तामा अवतरण हुन लागेको अवस्थामा इतिहाद विमान कम्पनीको ए ३३०–२०० को विमानमा प्राविधिक समस्या आएपछि विमानमा यात्रारत् ३१ यात्रु घाइते भएको र विमानको अगाडिको भागमा केही क्षति पुगेको उक्त कम्पनीका प्रवक्ताले बताए । विमानलाई सोइकार्नो हट्टा अन्तर्राष्ट्रिय विमान स्थल अबुधाबीमा सकुसल अवतरण गराइएको र आकस्मिक अवतरण गराइने क्रममा घाइते भएका यात्रुलाई स्थानीय अस्पतालमा उपचार गराइराखिएको इतिहादका प्रवक्ताले बताए । इतिहाद विमानसेवाको अवुधावीबाट जकार्ताका लागि छुटेको उडान नम्बर ४७४ को विमानमा जाकार्तामा अवतरण हुनुभन्दा करीब ४५ मिनेट पहिले अनपेक्षित रुपमा हलचल आएको थियो । यसबारे बिस्तृत बिवरण समाचार तयार पार्नेवेलासम्म आइसकेको छैन ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण