बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

एमाओवादीलाई निर्णय पुनर्विचार गर्न सत्ता गठबन्धनको आग्रह

बुधबार, २२ वैशाख २०७३, २१ : ५१
बुधबार, २२ वैशाख २०७३

काठमाडौँ-सत्तारुढ दलको बैठकले सहयात्री प्रमुख दल एकीकृत नेकपा (माओवादी) लाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकले वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाएर लैजाने निर्णय गर्दै प्रमुख साझेदार एमाओवादीलाई निर्णय पुनर्विचार गर्न आग्रह गर्ने निर्णय गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।सत्तारुढ दलको बैठकमा एमाओवादीको भने  सहभागी भएको थिएन । बैठकको अन्त्यतिर मात्रै एमाओवादी पुगेपछि एमालेसित फेरि बैठक भएको थियो ।   सो बैठकमा  बलियो सत्ता साझेदार दलले एकाएक सरकार परिवर्तनबारे लबिङ गरेको भन्दै  एमाले नेताहरुले आश्चर्य प्रकट गरेका थिए ।  एमाओवादीले भने सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अब पनि सहयोग गर्न नसकिने भन्दै आफूले राष्ट्रिय सरकारको निर्माणका लागि थालेको अभियानमा सहयोग गर्न एमालेलाई आग्रह गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप