कतारद्वारा नौ वटा बेन्ज कार सहयोग
बुधबार, २२ वैशाख २०७३, २१ : ५८
काठमाडौँ, – कतार सरकारले नेपाललाई नौ वटा मर्सिडिज बेन्ज कार सहयोगस्वरुप उपलब्ध गराएको छ ।
परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारका राजदूत अहमेद जसीम महोमद अलि अल–हमेरले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई ती कारको साँचो हस्तान्तरण गरे ।
सो अवसरमा परराष्ट्रमन्त्री थापाले सामाजिक तथा आर्थिक क्षेत्रमा कतार सरकारले महत्वपूर्ण सहयोग पु¥याउँदै आएको बताउँदै संविधान जारी भएपछि नेपालमा लगानीका लागि उपयुक्त अवसर सिर्जना भएकाले लगानीका लागि आह्वान गरे ।
कतारले उपलब्ध गराएका ती कार आगामी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडी ९बिमेष्टेक०, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० बैठक, विदेशी राष्ट्राध्यक्षको आगमनजस्ता अन्य महत्वपूर्ण कार्यका लागि प्रयोग हुने परराष्ट्रमन्त्रालयले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्यान्डविरुद्ध अर्जेन्टिना: कुन खेलाडी कत्तिको चम्किए ?
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण