बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

खोलाले बगाएर तीनको मृत्यु

बुधबार, २२ वैशाख २०७३, २२ : ००
बुधबार, २२ वैशाख २०७३

हेटौँडा – मकवानपुर जिल्लाको भैँसे गाविस वडा नं ४ ज्यामीरे खोलामा आज साँझ आएको वर्षाले खोलामा बाढी आएका बेला खोला तर्न लाग्दा बगाएर तीनजनाको मृत्यु भएको छ ।

मृत्युहुनेमध्ये मकवानपुरको भैँसे–४ बस्ने २८ वर्षीया विमला स्याङ्तान र १२ वर्षीया अनिषा मुक्तान भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, भैँसे–३ आँपखोलामा खोला तर्न लाग्दा तराईवासी मुलको एकजना पुरुषको बगाएर मृत्यु भएको छ ।

उनको अहिले सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

घटनास्थल हेटौँडा भिमफेदी सडकखण्डअन्तर्गत भैँसेको ज्यामीरेमा सो घटना भएको प्रहरीले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप