बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

चित्रबहादुर केसीको पार्टीले बोल्यो–ओली सरकार बचाउन लागिन्छ

बिहीबार, २३ वैशाख २०७३, ०९ : ११
बिहीबार, २३ वैशाख २०७३

काठमाडौं– उपप्रधानमन्त्री एवम्सहकारी मन्त्री चित्रबहादुर केसीको पार्टी राष्ट्रिय जनमोर्चाले केपी ओली नेतृत्वको सरकारको बचाउ गर्ने बताएको छ । अध्यक्ष केसीले आफै विज्ञप्ती जारी गर्दै भारतीय योजनामा सरकारको विकल्प खोजिएको दावी गरेका छन् । केसीले विज्ञप्तीमा भनेका छन्,‘अहिलको सरकारको विकल्पखोज्ने कुरालाई हामीले दृढतापूर्वक अस्विकार गर्दछौ । वर्तमान सरकारकापक्षमाउभिएर त्यसको प्रतिरक्षागर्नु हाम्रो नीतिहुनेछ ।’

विज्ञप्तीमा मुख्य अंश

अहिले मुलुकमाविकसित राजनीतिक घटनाक्रमप्रति हाम्रो पार्टीको गम्भिर ध्यानार्कषण भएको छ । के.पि. ओली नेतृत्वकोवर्तमान सरकारको विकल्पखोज्नकालागिमुलतःभारतीयविस्तारवादवाट नेपालका सत्तासाझेदार तथाविपक्षमा रहेको प्रमुख राजनीतिकशक्तिलाई उपयोग गर्ने कैयनप्रकारकाप्रयत्नहरु भईरहेका छन् ।

हाम्रो पार्टीले वर्तमान सरकारको विकल्पखोज्ने कुरा र अझत्यसमापनिभारतीयविस्तारवादको स्वार्थमात्यसप्रकारको कार्यलाई अगाडि बढाउने कुरालाई गम्भिर आपत्तिजनक मान्दछ । निश्चित रुपले वर्तमान सरकारका कैयनकमीकमजोरी र सिमाहरु रहेका छन् ।

त्यसका बावजुद पनि वर्तमान सरकारले राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका पक्षमा अडान लिदै आएको छ । अहिलेको अवस्थामा भारतीय विस्तारवादद्धारा वर्तमान सरकारको विकल्पखोज्नुको मुख्यरुपले एउटै निश्कर्ष निस्कन्छ त्यो भनेको विस्तारवादीउदेश्यहरुलाई नेपालमाथिलाद्नु र सार्वभौमसत्ता र अखण्डतालाई कमजोर पार्नु हो ।

संविधाननिर्माणको अन्तिम चरणमाआएर संविधानजारीगर्न विलम्वगर्नका लागि भारतले दिएको दवाव र संविधान जारी भइसकेपछि संविधानमा आफ्ना स्वार्थहरुलाई व्यवस्था गर्नका लागि भारतीय विस्तारवादले नेपालमाथि निरन्तर दवाव दिइरहेको छ ।

त्यसकालागिभारतले संविधानजारी भएपश्चातनिर्माण हुने सरकारको सवालमाप्रमुखतीनदलकावीचमाभएको भ्रद सहमतिबाट काग्रेसलाई अलग गराउनु, तराईमाआन्दोलनगर्न मधेशवादीहरुलाई प्रत्यक्ष सहयोग गर्नुका साथै पा“चमहिनालामो नेपालमाथिअघोषित नाकाबन्दीलगाउनु र नेपालको संविधानका विरुद्ध अन्तराष्ट्रिय जनमततथावातवरण तयार पार्न निरन्तर प्रयत्नगर्नु र अहिले आएर वर्तमानसरकारको समिकरणमा फुट पारेर यसको विकल्पखोज्ने कार्यले भारतीयविस्तारवाद नेपालको संविधानआफ्नो स्वार्थ अनुकुल संशोधन गरेर नेपालमा ठुलो संख्यामा भारतीयहरुलाई नागरिकताउपलव्ध गराई नेपालीहरुलाई नेपालमै अल्पमतमापारेर देशलाई फिजिकरण गर्ने र अन्तिममागएर सिकिमिकरण गर्न खोजेको कुरा प्रष्ट रहेको छ ।

उपरोक्त परिस्थितिमाअहिलको सरकारको विकल्पखोज्ने कुरालाई हामीले दृढतापूर्वक अस्विकार गर्दछौ । वर्तमान सरकारकापक्षमाउभिएर त्यसको प्रतिरक्षागर्नु हाम्रो नीतिहुनेछ । त्यसका साथै देशको राष्ट्रियता, सार्वभौमसत्तातथा अखण्डताका पक्षमा र भारतीयविस्तारवादको नेपालमाथिको हस्तक्षेपका विरुद्धमा उभिनहामी सम्पुर्ण राजनीतिकदल तथा जनतासंग अपिलगर्दछौ ।

चित्रबहादुर केसी अध्यक्ष

मितिः२०७३ वैशाख २२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप