बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

दिल्लीले आकस्मिकरुपमा किन डाक्यो महन्थलाई ?

बिहीबार, २३ वैशाख २०७३, १० : २८
बिहीबार, २३ वैशाख २०७३

काठमाडौं – तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर आज दिल्ली जाने भएका छन् । दिउँसो दुई बजे इण्डियन एयरलाइन्सबाट दिल्ली जान लागेका ठाकुरको त्यहाँ मेदान्त अस्पतालमा नियमित चेकअप गराउने बताइएको छ । उनको खुट्टा सुन्निएकाले नियमित चेकअपका लागि जान लागेको उनका सहयोगी सत्येन्द्र मिश्रले जानकारी गराए । यसअघि उपचारमा गएका ठाकुरलाई तीन महिनापछि आउन भनिएको मिश्रले जानकारी दिए । दिल्लीमा कुनै राजनीतिक भेटघाट नहुने पनि उनले दावी गरे । तर, भारतीय दूतावास स्रोतका अनुसार बदलिँदो राजनीतिक प्रस्थितिको बारेमा छलफलका लागि भारतले अध्यक्ष ठाकुलाई दिल्ली बोलाएको बताइएको छ । सरकारमा सहभागि तथा मन्त्रीमण्डल गठनको विषयमा त्यहाँ छलफल हुने स्रोतको दाबी छ । हिजो काँग्रेससँग भएको छलफलमा सरकार ढाल्न आफूहरुले सहयोग गरे पनि सरकारमा सहभागि नहुने मोर्चाले जवाफ दिएपछि सोही विषयमा छलफल गर्न दिल्लीले ठाकुरलाई बोलाएको बताइएको छ । स्रोत भन्छ, ‘मधेशी मोर्चालाई पनि सरकारमा सहभागि हुने गरि मन्त्रीपरिषद् गठन हुनेछ ।’

यसअघि आफ्नो श्रीमतीको उपचारका लागि शेरबहादुर देउवा दिल्ली गएपछि नेपालमा राजनीतिमा उथलपुथल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप