बालकृष्णको फुलफुलेको डालि बजारमा (भिडियो सहित)
बिहीबार, २३ वैशाख २०७३, १० : ३०
पोखरा -लोकदोहारी गायक बालकृष्ण वाग्लेको गित फुल फुलेको डालि बजारमा आएको छ । बालकृष्णकै शब्द अनि लय रहेको गितमा गायनमा उनलाई चर्चित गायिका देवि घर्तिले साथ दिएकी छन् ।
निकै नै उत्कृष्ट बनेको उक्त गितको बजार व्यवस्थापन तिर्सना म्युजिक प्रालिले गरेको छ । केहि समय अगाडि बजारमा आएको गितको निर्देशन शंकर बि.सिको रहेको छ भने शंकरसँगै पार्वति राईले कम्मर मर्काएकी छिन् । युटुव च्यानलमा सार्वजनिक गरिएको यस गितको म्युजिक भिडियोलाई समेत दर्शकहरुद्धारा निकै रुचाईएको छ ।
यसअघि बालकृष्णले गत साल बैशाख १२ को विनाशकारि भुकम्पको पिडालाई सम्झदै बजारमा ल्याएको गितले समेत राम्रै चर्चा पाएको थियो । स्याङजा जिल्लाको किचानासमा जन्मिएका गायक वाग्लेले २०५६ सालबाट नेपालि लोकदोहोरी क्षेत्रमा मेरो बिन्ती सुनिदिनु है गितमार्फत पाईला चालेका थिए भने करिब आधा दर्जन गितहरु बजारमा ल्याईसकेका छन् ।
लोकदोहोरी गित प्रतिष्ठान स्याङजाका पुर्व सहसचिव रहेका उनि पेशाले शिक्षक हुन । आगामि दिनमा अझै उत्कृष्ट गितहरु बजारमा ल्याउने र विशद्धु लोकदोहारी भाकाहरुको संरक्षणमा लागि पर्ने गायक वाग्लेको योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण