कृषक परिचयपत्रका लागि अध्ययन हुने
काठमाडौँ– कृषि विकास मन्त्रालयले देशभर कृषक परिचयपत्र वितरण गर्नका लागि छिट्टै अध्ययन गर्ने भएको छ ।
मन्त्रालयका अनुसार देशभर करिब ४४ लाख घरधुरी रहेकामा ३४ लाख घरधुरी कृषकका रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा योगेन्द्र कार्कीका अनुसार कृषि मजदुर, स–साना सीमान्त कृषक, अर्ध व्यावसायिक कृषक र व्यावसायिक कृषकका रुपमा उनीहरुलाई चार भागमा वर्गीकरण गरिएको छ । यसरी कृषकको उत्पादनको क्षमता अनुसारको सेवासुविधा उपलब्ध गराउनका लागि परिचयपत्र वितरण गरिनेछ ।
त्यस्तै, कस्ता कृषकसँग के कति जमिन छ ? त्यसको लगत लिने तथा के कति बाली, वस्तु उत्पादन गर्न सक्दछन् ? र उनीहरुको आम्दानी के कति हुन्छ ? त्यसका आधारमा उनीहरु वर्गीकरण हुनेछन् ।
त्यसैगरी, परिवारको सङ्ख्या के कति छ रु ती परिवारमध्ये के कति कृषिमा आधारित छन् तथा अन्य व्यवसायमा आश्रित छन् त्यसका बारेमा समेत सूचना सङ्कलन गरिनेछ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण