बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

फरार महिला दश वर्षपछि पक्राउ

बिहीबार, २३ वैशाख २०७३, ११ : ०१
बिहीबार, २३ वैशाख २०७३

विराटनगर–दश वर्षअघि विदेशी विनिमय अपचलनको मुद्दामा अदालतबाट रु तीन करोडभन्दा बढी जरिवाना तोकिएकी एक फरार महिलालाई पक्राउ गरिएको छ ।

मोरङको बेलबारी–३ बस्ने थिरकुमारी बस्नेतलाई क्षेत्रीय अनुसन्धानको टोलीले बुधबार पक्राउ गरेको पूर्वक्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

काठमाडौँ जिल्ला अदालतले उनलाई २०६२ साल असोज १४ विदेशी विनिमय अपचलनको मुद्दामा रु तीन करोड ४८ लाख ८३ हजार ५९० जरिवाना तोकेको थियो । विशेष सुराकी परिचालन गरी उनलाई आफ्नै घरबाट पक्राउ गरी अदालतसमक्ष पेस गरिएको क्षेत्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण पँगेनीले जानकारी दिए ।

बस्नेतउपर भएको जरिवानाको लगत जिल्ला अदालत मोरङमा भएकाले जिल्ला अदालतमै बुधबार उपस्थित गराई विराटनगरस्थित कारागारमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप