गच्छदार फेरि फोरम लोकतान्त्रिकको अध्यक्ष बने, पार्टीको नाम परिवर्तन भएन
विराटनगर– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय कार्यसमिति सर्वसम्मत ढङ्गले चयन भएको छ ।
सो पार्टीको जारी महाधिवेशनको तेस्रो दिन बुधबार खुल्लातर्फ २१ र आरक्षित २१ स्थान गरी ४२ स्थानका लागि ९७ जना आ–आफ्ना उम्मेदवारी दर्ता गराएका थिए ।
पार्टीका अध्यक्ष विजयकुमार गच्छदारलाई पार्टीको केन्द्रीय समितिको बैठकले सर्वसम्मत चयन गर्न अधिकार दिएपछि गएराति १२ः३० बजे सर्वसम्मत ढङ्गले चयन भएको पार्टी प्रवक्ता सुनिलरञ्जन सिँहले जानकारी दिए ।
सर्वसम्मत ढङ्गले खुल्लातर्फबाट चयन हुने सदस्यहरुमा क्रमशः नन्दकुमार सरदार, कामेश्वरप्रसाद साह, गणेश लामा, मोहम्मद मुस्ताक आलम, शिवकुमार गुरमाछाने, छेदीलाल चौंधरी, उमाशङ्कर अरगरिया, सिद्धिकुमार महर्जन, सप्पनकुमार दास र योगेन्द्र चौधरी छन् ।
त्यसैगरी, लक्ष्मण यादव, सुबोधकुमार पोखरेल, प्रेम विसी, मोहम्मद तोफिक खान, निरु कार्की, वेदनारायण गच्छदार, अनिलकुमार गोड, हरेन्द्र सिँह, राजकुमार नालगो, प्रदीपकुमार चौधरी र वासुदेव राना रहेका छन् ।
सोही केन्द्रीय सदस्यको आरक्षित पदमा महिलातर्फ जसवी मण्डल र रुक्मणि मण्डल, आदिवासी (हिमाल–पहाड)बाट साथीमान बल र जयराज सङपोक, लिम्बू, आदिवासी (तराई–मधेस)बाट उषा राजवंशी, शिवनारायण उराव, दलित (तराई–मधेस)बाट कलावतीदेवी पासवान र रमणी राम, दलित (हिमाल–पहाड)बाट सन्तोषी विश्वकर्मा र हस्तबहादुर विश्वकर्मालाई छनोट गरिएको छ ।
त्यसैगरी, पिछडावर्गबाट रामलखन ठाकुर बरही र देवनारायण मुखिया तथा खसआर्यबाट शिवप्रसाद दङ्गाल र दूर्गादेवी कोइराला, मधेसीबाट चन्दा साह, अर्जुनप्रसाद शर्मा, जवाहरलाल यादव र नारायण मेहता, मुस्लिमबाट गफार अन्सारी र मोहम्मद मोहताव आलम एवम् कर्णाली क्षेत्रबाट धनबहादुर पाण्डेलाई चयन गरिएको छ ।
यसअघि, पार्टीको अध्यक्ष पदमा बुधबार पार्टी अध्यक्ष विजयकुमार गच्छदारको एक मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भइसकेको थिए । निर्वाचित सदस्यको आजै अपराह्न शपथग्रहण हुने पार्टी प्रवक्ता सुनिलरञ्जन सिँहले जानकारी दिए । यसैबीच महाधिवेशनबाट पार्टीको नाम परिवर्तन हुने भनिएपनि त्यो हाललाई टरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण