कतारमा अलपत्र परेका अधिकारीको उद्दार
बिहीबार, २३ वैशाख २०७३, १४ : १९
काठमाडौं–वैदेशीक रोजगारीको सिलसिलामा कतार पुगेर अलपत्र परेका विष्णु अधिकारीलाई प्रहरीले उद्दार गरेको छ । रामेछापको खिम्ती गाविसका अधिकारी ०७२ माघमा रोजगारीका लागि कतार पुगेका थिए । मेनपावरले सहमति गरे अनुसारको तलब समेत नपाएको र खानबस्न समस्या भएर अलपत्र परेको भन्दै उनकी श्रीमतीले महानगरीय अपराध महाशाखा टेकुमा उजुरी गरेपछि प्रहरीले उनलाई उद्दार गरेर गत मंगलबार नेपाल ल्याएको हो ।
कतारस्थित नेपाली दुतावास तथा अन्य निकायसँग समन्वय गरेर अधिकारीलाई उद्दार गरिएको अपराध महाशाखाले जनाएको छ । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्यान्ड विरुद्ध अर्जेन्टिना : कुन कुन खेलाडी चम्किए ?
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण