बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

छिमेकीको हत्या गरी फरार रहेका दुई जना पक्राउ

बिहीबार, २३ वैशाख २०७३, १४ : २१
बिहीबार, २३ वैशाख २०७३

लहान– कर्तव्य ज्यान मुद्दामा विगत नौ वर्षदेखि फरार दुई जनालाई आज बिहान सिरहा प्रहरीले पक्राउ गरेको छ ।

स्थानीयलाई योजनाबद्ध तरिकाले हत्या गरी कमला खोलाको बगरमा गाडेर फरार रहेको आरोपमा सिरहाको मल्हनिया गम्हरिया गाविस–८ निवासी ३५ वर्षीय जीतन पासवान र सोही ठाउँका ४० वर्षीय परमेश्वर पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

गत २०६४ पुस ५ गते रातको समयमा मल्हनिया गम्हरिया–८ स्थितमा जितन र परमेश्वर पासवानलगायतका व्यक्तिले स्थानीय ४२ वर्षीय राम उदगार मुखियालाई योजनाबद्ध तरिकाले हत्या गरी कमला खोलाको बगरमा गाडेर फरार रहँदै आएको प्रहरीको भनाइ छ ।

आफ्नै घरमा लुकीछिपी बसिरहेको गोप्य सूचनाको आधारमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

पक्राउ परेकामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान कार्य अगाडि बढाइएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप