बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

आगलागीबाट सात मृग र एक चितुवा मरे

बिहीबार, २३ वैशाख २०७३, १४ : ३७
बिहीबार, २३ वैशाख २०७३

नवलपरासी–वैशाख २३ नवलपरासीका वन क्षेत्रमा आगोलागी हुने क्रम रोकिएको छैन् । गत वर्ष खासै आगलागी नभएपनि यस वर्ष जिल्लाको सबै जसो क्षेत्रका वनमा व्यापक आगोलागी भएको छ ।

आगोलागीबाट नवलपरासीको करिब चालिस हजार हेक्टर वन सखाप भएको छ भने वन भित्र रहेका वनजन्तु, चराचुरुङी, जडिबुटीमा पनि नोक्सान पुगेको जिल्ला बन कार्यालयले जनाएको छ ।

जिल्लामा यस वर्ष लागेको वन डढेलोबाट विभिन्न जंगलमा सात वटा मृग र एउटा चितुवा मरेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत प्रमोद भट्टराइले जानकारी दिए ।

कावासोती सेक्टर अन्तर्गत शान्ति मध्यवर्ती वन क्षेत्रमा लागेको आगोबाट रतुवा ५ गोटा र चित्तल २ गोटा गरि सात गोटा मृग मरेका छन भने एउटा चितुवा पनि आगोमा जलेर मरेको अधिकृत भटटराईले बताए ।

दुई वटा मृगको बच्चालाई अलपत्र अवस्थामा उद्दार समेत गरिएको वन कार्यालयले जनाएको छ । वनमा लागेको आगो निभाउने क्रममा ३ जना मानिस समेत घाईते भएको वन कार्यालयले जनाएको छ ।

आगलागी पूर्व–पश्चिम राजमार्ग र उत्तरी भेगमा लागेको हो । वन कार्यालयले आगो नियन्त्रणममा विभिन्न प्रयास गरे पनि सफन हुन नसकेको स्वीकारेको छ ।

यसपटक तापक्रम वृद्धि भई तातो हावा र खडेरी समेत परेकाले आगोलागीका घटनामा वृद्धि भएको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप