हामीले माओवादीसँग नयाँ समिकरण बनाउन खोजेका थियौं : बालकृष्ण खाँण
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले कांग्रेसले एमाओवादीसहितका दलहरुबीच नयाँ समिकरण बनाएर सरकार परिवर्तन गर्न खोजेको बताएका छन् ।
कांग्रेसले माओवादीसँग मिलेर सत्ता समिकरण बनाउन भन्दै त्यसको नेतृत्व लिन एमाओवादीलाई आग्रह गरेको खाँणले बताए ।
उनले भने, ‘हामीले नयाँ समिकरण बनाएर सरकारको नेतृत्व एमाओवादीलाई दिन खोजेका थियौं, त्यसमा माओवादी सैद्वान्तिक रुपमा तयार थियो, पछि उहाँहरु किन ब्याक हुनुभो थाहा भएन ।’
‘सरकारले काम गर्न नसकेको कुरामा एमाओवादी पनि सहमत थियो, कांग्रेससँगको सहमतिमा एमाओवादीले नयाँ सरकारको लागि अपिल गरेको थियो’ उनले भने, ‘पछि माओवादी किन ब्याक भयो थाहा छैन ।’
एमाओवादी र एमाले रातारात केपी ओली नेतृत्वकै सरकार टिकाउन सहमत भएसँगै नेपाली कांग्रेस प्रतिपक्षमै बस्ने भएको छ । ‘हामी हाम्रो भूमिका निभाउँछौं’ नेता खाँणले भने, ‘माओवादी सरकारबाट फिर्ता नभए गठबन्धन परिवर्तन होला जस्तो लाग्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्यान्ड विरुद्ध अर्जेन्टिना : कुन कुन खेलाडी चम्किए ?
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण