भीषण आगलागीपछि क्यानडामा संकटकाल घोषणा
बिहीबार, २३ वैशाख २०७३, १४ : ५०
ओटावा – भीषण आगालागीपछि क्यानडाको अलबर्टा राज्यमा संकटकालको घोषणा गरिएको छ ।
आगलागीका कारण अहिलेसम्म करिब ८८ हजार मानिसहरु उक्त राज्यबाट अन्यत्र सर्न बाध्य भएका छन् । अधिकारीहरुले सहरका अधिकांश क्षेत्र आगलागीको चपेटामा परेको भन्दै आगामी २४ घन्टा उच्च सतर्क रहन आग्रह गरेका छन् ।
तिव्र गतिमा फैलिरहेको आगोले १६ सय संरचनामा क्षति पुगेको बताइएको छ । आगो नियन्त्रणका लागि सयौं उद्धारकर्मी तथा हेलिकप्टरसमेत परिचालन गरिएको छ ।
आगलागीका कारण सो क्षेत्रमा रहेका तेल उत्पादन कम्पनीले उत्पादनमा कटौती गरेका छन् भने अलबर्टा क्षेत्रमा रहेका तेलका पाइपलाइन पनि बन्द गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण