माओवादी एकताको माग गर्दै समानान्तर समिति
बिहीबार, २३ वैशाख २०७३, १४ : ५५
उदयपुर – छरिएर रहेको माओवादी आन्दोलनलाई एकता गर्न दवाव दिने उद्देश्यले मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी उदयपुरमा एकता पक्षधर नेताहरुले समानान्तर जिल्ला समिति गठन गरेका छन ।
क्रान्तिकारी माओवादीहरुको एक भेलाले जिल्ला सहसंयोजक जीवन कुमार कार्कीको नेतृत्वमा समान्तर समिति गठन गरेको हो ।
भेलाले छरिएर रहेका माओवादी आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने, नेतृत्वमा रहेको तानाशाही प्रवृति अन्त्य हुनुपर्ने, एकताको नाममा गतल ढंगले केन्द्रीय समितिमा गरिएको मनोनयन फिर्ता हुनुपर्ने लगायतका राजनैतिक मागहरु पुरा नभएपछि वाध्य भएर समानान्तर समिति गठन गरिएको संयोजक जीवनकुमार कार्कीले बताए ।
समानतर समितिका संयोजक कार्कीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक मिनकुमार राउतले नियमित पार्टी कार्यालय संचालनमा नल्याएको, जनताका दैनिक समस्यालाई समाधान गर्न पहल नलिएको र परि थापा समूहबाट आएकाहरुलाई अनावश्यक स्थान दिई जनयुद्धबाट आएकाहरुलाई अवमूल्यन गरेको आरोप लगाईएको छ ।
‘हामीले माओवादी आन्दोलनलाई एक बनाउनुपर्छ भनेर बारम्बार नेतृत्व समक्ष कुरा राख्यौं तर नेतृत्वले कुरा नसुनेपछि पार्टी कार्यालयमा तालाबन्दी गर्यौं । तर, पनि सुनुवाई नभएपछि बाध्य भएर समान्तर समिति बनाएका हौं ।’ समानन्तर समितिमा आफूसँग बहुमत रहेको जनाउँदै कार्कीले भने– ‘पार्टी एकता गर्नको लागि जिल्ला तहबाट केन्द्रलाई दवाव दिनुको साटो उल्टै एकता विरोधी क्रियाकलापमा नेतृत्व संलग्न भएकाले पार्टी एकताको पहल लिनको बहुमत सदस्यहरुको भेलाले अर्काे समिति गठन गरेको हो ।’
क्रान्तिकारी माओवादी उदयपुरमा ४५ सदस्य माओवादीका र ११ जना परि थापा नेतृत्वबाट आएका सदस्यहरु गरि ५६ जनाको जिल्ला समिति रहेको छ । जसमध्ये कार्की नेतृत्वमा ३० भन्दा बढि सदस्यहरु रहेको जिल्ला सदस्य बैकुण्ठनाथ दाहालले बताए ।
उदयपुरमा माओवादी एकताको माग गर्दै बैशाख ११ गते जिल्ला पार्टी कार्यालयमा तालाबन्दी समेत गरिएको थियो । केही समयअघि परि थापा नेतृत्व नेकपा (एकीकृत)सँग पार्टी एकता गरेर माओवादी घटकलाई धोका दिने काम नेतृत्वबाट भएको भन्दै रोक्नको लागि कुशलको नेतृत्वमा विभिन्न दवावमुलक कार्यक्रम संचालन गरिदै आएको छ । एमाओवादीसँग एकताको विषयलाई लिएर पार्टी केन्द्रमा विवादमा फसेको क्रान्तिकारी माओवादीको जिल्ला तहमा समेत बहुमत सदस्य एकता गर्ने पक्षमा रहेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण