शिक्षा मन्त्रालय र विद्यार्थी सङ्गठनबीच कुरा मिलेन
काठमाडौँ– शिक्षा मन्त्रालय र १३ विद्यार्थी सङ्गठनबीच निजी विद्यालयको शुल्क अनुगमनबारे छलफल गर्न बसेको बैठक बिनानिष्कर्ष सकिएको छ ।
आज बिहान मन्त्रालयमा भएको छलफलमा शिक्षा मन्त्रालयले विद्यार्थी सङ्गठनको माग पूरा गर्न नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो ।
नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले आफूहरुको माग पूरा नगरेपछि बैठक बिनानिष्कर्ष टुङ्ग्याइएको जानकारी गराए । विद्यार्थी सङ्गठनले गत वर्ष आफूहरुसँग गरिएको १० बुँदे सहमति कार्यान्वयनको माग राखेका थिए ।
“गतवर्ष हामीसँग गरिएको १० बुँदे सहमति कार्यान्वयनको माग राख्दै निजी विद्यालयले बढाएको शुल्क अनुगमन गर्न भन्यौँ,” उनले भने – “तर मन्त्रालयका पदाधिकारीहरुले तत्काल अनुगमन नसकिने र केही दिनमा संयन्त्र बनाएर अनुगमन गर्ने बताए । हामीले मानेनौँ ।” शिक्षा मन्त्रालयले विद्यार्थी सङ्गठनहरुलाई तत्काल अनुगमन रोक्न आग्रह गरेका थिए ।
यता शिक्षा मन्त्रालयका प्रवक्त डा हरि लम्सालले भोलि विद्यार्थी सङ्गठनसँग फेरि वार्ता गरेर अनुगमन समिति बनाइने जानकारी गराए । “भोलि फेरि वार्ता गर्छौं,” उनले भने – “त्यसपछि विद्यार्थी सङ्गठनहरुलाई नै राखेर अनुगमन समिति बनाएर अनुगमन गर्छौं ।”
बैठकमा सहमति हुन नसकेपछि विद्यार्थीले आज पनि निजी विद्यालयको शुल्कमाथिको अनुगमनलाई निरन्तरता दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण